Wed. Jun 26th, 2019

Pabil News

Dhading Media

धादिङका सीताराम कोइराला रेडक्रसको केन्द्रिय कोषाध्यक्षमा चयन

८ जेठ, धादिङ


सरकारले रेडक्रसको वर्तमान केन्द्रिय समितिका पदाधिकारीले अनियमितता गरेको भन्दै हालको केन्द्रीय समिति विघटन गरी तदर्थ समिति गठन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडांैँले नेपाल रेडक्रस सोसाइटीका वर्तमान अध्यक्ष सञ्जीव थापा नेतृत्वको कार्यसमिति विघटन गर्दै सोसाइटीका पूर्वउपाध्यक्ष प्रा।डा। विश्वकेशर मास्केको अध्यक्षतामा १७ सदस्यीय तदर्थ कार्यसमिति गठन गर्ने निर्णय गरेको हो ।

समितिको महामन्त्रीमा झापाका कमलप्रसाद निरौला र कोषाध्यक्षमा धादिङका सीताराम कोइराला चयन भएका छन् । नयाँ गठित तदर्थ समितिका सदस्यहरूमा जाजरकोटका वीरबहादुर बस्नेत, झापाका लोकराज ढकाल, सिन्धुलीका अशोक श्रेष्ठ, पर्साका श्याम पोख्रेल, बर्दियाका कृष्ण गौतम, महोत्तरीका दीपक मिश्र, बाँकेका गोवद्र्धन सम्झना, उदयपुरका महेश्वरी राई रहेका छन् । यसैगरी, दैलेखका खेमराज केसी, तेहथुमका श्रीकृष्ण दाहाल, कास्कीका दीपेन्द्र ढकाल, तनहुँका अरुण खनाल, कैलालीका जीवन राना र चितवनका तीर्थराज घिमिरे रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले संस्था दर्ता ऐन, २०३४ को दफा ११ बमोमिज रेडक्रसको वर्तमान कार्यसमिति विघटन गरिएको जानकारी दिएको छ । स्रोतका अनुसार रेडक्रसको हालको केन्द्रीय कार्यसमितिले व्यापक रूपमा अनियमितता गरेको भन्दै छानबिनको माग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सरकारका विभिन्न निकायमा उजुरी परेको थियो ।

अख्तियारलगायत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयसमक्ष अनियमितताको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले समेत छानबिन गरेको थियो । अख्तियारको छानबिन अझै जारी छ ।

२०७६ जेठ ८ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Copyright © All rights reserved. | Newsphere by AF themes.