Wed. Jun 26th, 2019

Pabil News

Dhading Media

सवारी चालक अनुमति पत्रको सेवा हेटौंडामा पनि सुरु


८ जेठ, हेटौंडा –

प्रदेश नंबर ३ को राजधानी हेटौँडाबाट लाईसेन्स नविकरण तथा दर्ता सुरु भएको छ । प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले शिव थापालाई स्मार्ट लाइसेन्स कार्ड हस्तान्तरण गरेर हेटौँडा–११ थानाभर्याङमा रहेको यातायात व्यवस्था सेवा कार्यालयबाट सवारी चालक अनुमति पत्र दर्ता तथा नवीकरण शुभारम्भ गरेका हुन् ।

सवारी चालक अनुमति पत्र नविकरण गराउनका लागि बिरगन्ज र काठमाण्डौ धाउँदै आएका हेटौंडा, चितवन लगायतका जिल्लाका वासिन्दाहरुलाई अब सजिलो भएको छ ।

समार्ट कार्डको सवारी चालक अनुमती पत्रको नबिकरण गरेर आज २६ जनालाई बितरण गरिएको छ ।

यो सेवा सुरु भएसंगै अब बिभीन्न जिल्लाका वासिन्दाहरु टाढा सम्म गएर सवारी चालक अनुमतीपत्र नबिकरण गर्नुपर्ने बाध्यता पनि हटेको छ । हेटौंडाको कार्यालयबाट नयाँ सवारी दर्ता, कर नबिकरण, सवारी पन्जीकरण, रुटपरमिट नबिकरण, जाँच पास लगायतका काम सुरु गरिएको हो ।


२०७६ जेठ ८ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Copyright © All rights reserved. | Newsphere by AF themes.