Fri. Mar 29th, 2024

धादिङ कारागारमा बेथिति प्रकरण : छानविन गर्न समिति गठन


९ जेठ, धादिङ–


धादिङ कारागारमा भएको अनियमितताका विषयमा छानविन गर्न समिति गठन गरिएको छ । बुधबार धादिङबेसीमा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा गुरागाईको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ ।

धादिङ कारागारका चरम बेथितिको बारेमा विभिन्न संचारमाध्यममा समाचार प्रकाशित भएपछि प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक उत्तम ढुंगेल सदस्य रहने गरि समिति बनाएको छ । समितिले कारागारका कैदीहरुले गर्ने अनैतिक क्रियाकलाप र कारागारमा हुने बेथितिको सत्यतथ्य छानविन गरि प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाउनेछन् ।

धादिङ कारागारका कैदीको बजारका होटलमा मोजमस्ती, कारागारभित्रै रक्सी र जुवातास (भिडियाे)


कैदीलाई उपचारको बाहनामा होटलसम्म पु¥याउने प्रहरीको पहिचान गरि कार्बाहीको दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताए ।

धादिङ कारागारमा विभिन्न मुद्धामा कैद भुक्तान गर्दै आइरहेकाहरु उपचारको बाहनामा होटलमा भेटिन थालेको र रक्सी खाँदै बाहिर पहरा दिइरहेका प्रहरीको भिडियो सार्वजनिक भएपछि रहस्य खुलेको थियो । कैद सजाय भुक्तान नहुन्जेलसम्म अभियुक्तहरु उपचार बाहेक कुनैपनि अवस्थामा कारागारबाट बाहिर निक्लिन नपाउने नियम भएपनि धादिङ कारागारका कैदीबन्दीहरु सदरमुकामका होटलहरुमा मस्ती गरिरहेको भेटिएपछि प्रशासनको पनि ध्यान गएको छ ।

कारागारभित्र अत्यन्तै महङगो मुल्यमा दैनिक उपभोगका सामानहरु विक्री वितरण भइरहेको र नाइकेहरुको दादागिरी भएपछि यसअघि कैदीहरुले सामुहिक रुपमा कारागार व्यवस्थापन विभाग कालिकास्थान डिल्लीबजार काठमाडौँलाई न्यायिक छानविनका लागि पत्र पठाएका थिए ।

२०७६ जेठ ९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: