Fri. Mar 29th, 2024

धादिङको सिद्धलेकमा डिप बोरिङ मार्फत घरघरमा खानेपानी


१० जेठ, धादिङ –


बषौदेखि खानेपानीको चरम अभाव झेल्दै आइरहेका सिद्धलेक गाउँपालिकाका स्थानीयहरुको समस्या समाधान भएको छ । डिप बोरिङ मार्फत घरघरमै खानेपानी आएपछि स्थानीयहरु खुसी भएका छन् । डीएफआइडीको आर्थिक सहयोग, मट म्याक डोनाल्डको व्यवस्थापन, फोकस नेपाल, अक्सफाम नेपाल तथा सिद्धलेक गाउँपालिकाको सहकार्यमा गाउँपालिकाको वडा नं ३ मा मुलाबारी डि.बोरिङ खानेपानी आयोजना निर्माण गरि घरघरमा खानेपानी पु¥याएको छ ।

गाउँपालिकाको ५८ लाख ७३ हजार ८ सय ७, स्थानीयहरुको श्रमदानबाट १५ लाख, ४२ हजार ९५ र अक्सफाम÷फोकस नेपालको ३५ लाख ५६ हजार ८ सय १ रुपैया गरि कुल १ करोड, ९ लाख, ७२ हजार, ७ सय ३ रुपैयाको लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो । खानेपानी आयोजना निर्माणपछि दुई सय ३४ घरधुरीका १ हजार २ सय ४ जना लाभान्वित भएका छन् भने तीन वटा विद्यालयलाई पनि सहज भएको छ ।

निर्माण गरिएको खानेपानी आयोजनाको शुक्रबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ । मुलाबारी डिप बोरिङ खानेपानी आयोजनाका अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभाका सांसद भूमि त्रिपाठीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै त्रिपाठीले खानेपानी दैनिक जीवनको महत्वपूर्ण विषय भएकाले यसको विकल्प केही नभएको बताए ।

कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले गाउँपालिकाको सबै क्षेत्रमा खानेपानीको सुविधा दिने बताए । एक घर एक धाराका रुपमा डिप बोरिङ मार्फत प्रत्येक जनताका घरघरमा धारा पु¥याई खानेपानीको सहज उपलब्धता दिलाउने बताए । गाउँपालिकाभरि अहिलेसम्म ७ वटा डिप बोरिङ खनेर खानेपानीको सुविधा दिलाएको अध्यक्ष सिलवालले बताए ।

कार्यक्रममा फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले जिल्लाका विभिन्न ठाउँहरुमा खानेपानीको संकटलाई टार्न घरघरमा धारा जडान गरि खानेपानी सुविधा उपलब्ध गराइरहेको बताए । खानेपानी आयोजनालाई दिर्घकालीन रुपमा संचालन गर्न पनि संस्थाले योजना बनाएको उनले बताए ।

२०७६ जेठ १० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: