Fri. Mar 29th, 2024

धादिङको नौबिसे र महादेबबेसीमा बम भेटियो, सेनाद्धारा डिस्पोज

फाइल फोटो


१३ जेठ, धादिङ –


धादिङको नौबिसे र महादेबबेसीमा बम भेटिएको छ । जिल्लाको थाक्रे गाउँपालिका वडा नं ६ महादेबबेसीमा सोमबार बिहान १ः३० बजेतिर सकेट बम भेटिएको हो । महादेवबेंशी स्थित पुलमा फेला परेको प्रहरीले जानकारी दिए ।

फाइल फोटो

त्यस्तै धुनीबेसी नगरपालिका वडा नं ६ नौबिसेमा पनि प्रेसर कुकर बम भेटिएको छ । बिहान ५ः३० बजे भेटिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिए ।

दुबै ठाउँमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । विष्फोट र विष्फोटक पदार्थ भेटिएका घटनाले सर्वसाधारण त्रसित छन् ।

विप्लब समूहको बन्दका कारण पृथ्वी राजमार्गमा अन्य दिनको तुलनामा आज सवारी साधन पनि कम चलेका छन् । राजमार्ग हुँदै यात्रामा हिडेका यात्रुहरुलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा सम्म पु¥याइरहेका छन् भने ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ ।

२०७६ जेठ १३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: