Thu. Apr 18th, 2024

सुची दर्ता गर्ने सम्बन्धि सुचना

(प्रथम पटक प्रकाशित मिति २०७६/०२/१३)
यस गैरसरकारी संस्था एक्सन नेपालको लागि आर्थिक वर्ष २०७६/७७ मा आवश्यक पर्ने तपशिल बंमोजिमको सामान तथा सेवा पटक पटक वा एकै पटक खरिद गर्नूृ पर्ने भएकोले स्थायी लेखा नम्बर, मुल्य अभिवृद्घि बा सम्बन्धित निकायमा दर्ता भएका फर्म/कम्पनी वा व्यक्तिहरुले यो सुचना प्रकाशित भएको मितिले २ हप्ताभित्र (१४ दिनभित्र) सम्बन्धित निकायमा दर्ता भएको प्रतिलिपी, २०७४ /७५ को कर चुक्ता वा नविकरणको प्रतिलिपी सहित कार्यालय समयभित्र सुची दर्ता गराउनुहुन यो सुचना प्रकाशित गरिएको छ ।
तपशिल
– स्टेशनरी तथा मसलन्द सम्बन्धि विभिन्न सामानहरु
– फर्निचर तथा फर्निसिङका विभिन्न सामानहरु
– छपाइ सम्बन्धि कार्यहरु
– वेभ साइट निर्माण सम्बन्धि कार्यहरु
– विभिन्न तालिम तथा इन्जीनियरिङ परामर्स सेवा
– विभिन्न इलेक्टोनिक सामाग्रीहरु
– विपत् उद्घार सामाग्री (एप्रोन, भिजिविलिटि ज्याकेट, हेलमेट, सेफ्टी बुट इत्यादि)
– हाडवयर सम्बन्धि सामाग्रीहरु
– विभिन्न प्रकारका सफ्टवयर खरिद
– सवारी साधनहरु भाडा सम्बन्धी सेवा
– सुरक्षा गार्ड, सरसफाइ सम्बन्धि कार्य
– कृषिजन्य सामाग्री (विभिन्न प्रजातीका बोटविरुवा, विउ विजन तथा कृषि औजारहरु)
– बैकल्पीक उर्जा सम्बन्धी कार्य (सोलार बायो व्रिकेट, सुधारीएको चुलो)
– विज्ञापन तथा प्रचार प्रचार सम्बन्धि कार्य
– निर्माण कार्यको लागि स्थानिय निर्माण सामाग्रीहरु (बालुवा, काठ, गिटि, ढुङ्गा)
– होटल तथा रेस्टुरेन्ट संम्बन्धी सेवा
– प्लाष्टिक जन्य सामाग्रीहरु
– poultry सम्बन्धि कार्यहरु
– water quality test kits / first aid kits box खरिद
– IEC material design and printing
– होडिङ बोर्ड निर्माण सम्बन्धि कार्य
– विभिन्न तालिमहरु (Basic care and maintenance training to caretakers,Water Safety Plan Implementation Training)
– इन्स्योरेन्स सम्बन्धि कार्य
– लेखा परिक्षण सम्बन्धि कार्य
अन्य जानकारीहरु
– म्याद नाघि पेश भएको वा रित नपुगेको निवेदन उपर कुनै कारबाही हुने छैन ।
– सुचिकृत भएका फर्म तथा कम्पनीहरले सन्तोष जनक सेवा तथा सामान उपलब्ध गराउन नसकेको खण्डमा सुचीबाट हटाउने अख्तियार संस्थालाई हुनेछ ।
– फर्म तथा कम्पनीबाट सुचीकृत हुनको लागि सार्वजनिक खरिद कार्यको लागि अयोग्य नभएको स्व घोषणा पत्र समावेश हुनुपर्नेछ ।
– कम्पनी फर्म तथा संस्थालाई सुचीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस संस्थामा रहनेछ ।

विस्तृत जानकारीको लागि
एक्सन नेपाल
नीलकण्ठ नगरपालिका वडा नं – ३, सुगमटोल, धादिङ
फोन नं – ०१०५२१०१२
इमेल– [email protected]

२०७६ जेठ १३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: