Thu. Mar 28th, 2024

बूढीगण्डकी फेरि अन्योलमाः गेजुवा सम्पर्कविहीन


२१ जेठ, काठमाडौँ –

राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजनाको निर्माण अन्योलमा परेको छ । चिनियाँ निर्माण कम्पनी गेजुवा सम्पर्कविहीन भएपछि अन्योल सिर्जना भएको हो ।

यो आयोजना बनाउन सरकारले आगामी वर्ष १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । हाल मुआब्जा वितरण गर्ने कार्य भइरहेको यो आयोजना निर्माण गर्न सरकारले बिना प्रतिस्पर्धा उक्त कम्पनीलाई दिएको थियो । तर, यो निर्माण कम्पनी अहिले सरकारकै सम्पर्कमा छैन ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले आफैं बनाउने निर्णय गरेको बूढीगण्डकी आयोजनालाई गत असोजमा केपी ओली नेतृत्वको सरकारले बिना प्रतिस्पर्धा चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजु बास्कोटाले लेखेका छन् ।

२०७६ जेठ २१ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: