Fri. Mar 29th, 2024

धादिङको धुवाँकोटमा आफ्नै बाबुले खुर्पाले हान्दा छोरी गम्भिर घाइते


२१ जेठ, धादिङ –


नीलकण्ठ नगरपालिका वडा नं १४ धुवाँकोट अम्वोटेमा बुवाले खुर्पा प्रहार गरेर आफ्नै छोरीलाई गम्भीर घाइते बनाएका छन् ।

बुवा बलराम ओस्तीले छोरी सुनिता ओस्तीलाइ खुर्पा प्रहार गरेपछि छोरीको निधारमा गहिरो चोट लागेको र अहिले सुनिताको उपचार भइरहेको आफन्त बासुदेव भट्टले जानकारी दिए ।

घटनाका प्रत्यक्ष दर्शीका अनुसार सामान्य वादविवाद भएपछि बलराम वस्तीले छोरीलाई खुपार्ले हानेको थिए । सुनिताको जिल्ला अस्पताल धादिङवेशीमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौ पठाएपछि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

घाइते सुनिता हेटौडामा रोजगारी गर्दै आएकी आमासंगै बस्ने गरेको र नागरिकता बनाउन आउँदा खुर्पा प्रहार भएको बुझिएको छ । नागरिकता बनाउन बुबा बलराम वस्तीले नै बोलाए पछि हेटौडामै रहेका आमाछोरी सोमवार मात्रै धुवाँकोट घर आएका थिए ।

छोरीलाइ खुर्पा प्रहार गर्ने बाबुलाइ नियन्त्रणमा लिएर अनुसन्धानन सुरु गरिएको धादिङका प्रहरी प्रमुख राजकुमार बैदवारले जानकारी दिए ।

२०७६ जेठ २१ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: