Thu. Mar 28th, 2024

युनियन लाइफद्धारा मृतकको परिवारलाई बीमा वापतको १० लाख रकम हस्तान्तरण


२५ जेठ, तनहुँ –


युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाले बीमितको मृत्यु पछी कम्पनीको सम्झौता अनुरुपको मृत्यु दाबी भुक्तानी गरेको छ ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौलीमा गत पुस महिनामा ५ लाखको वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना अन्तर्गत बीमा गराएका ब्यास १० का रमेश शर्माको परिवार लाई कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले ५/५ लाख विमाङ्क दावी रकम र दुर्घटना मृत्यु दावी रकम गरी कुल १० लाख रुपैयाँ विमित शार्माको आमा हरिमायाँ शर्मा उपाध्यायलाई प्रदान गरेको युनियन लाईफ इन्स्योरेन्स दमौली शाखाका प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए । उक्त रकम शनिवार हस्तान्तरण कार्यक्रमको आयोजना गरि प्रदान गरिएको हो ।

कार्यक्रममा शाखा प्रमुख श्रेष्ठले अहिले हरेक क्षेत्र जोखिमयुक्त रहको कारण विमा आवस्यक भएको बताए । साथै विमा भनेको नै जोखिम वहनको माध्यम तथा वचत पनि भएकोले सम्पुणलाई विमा गर्नका लागी अनुरोध गर्नु भयो । विमित शर्मा सवार स्कुटरलाई पयटक माईक्रोले गत वैशाख १० गते दमौलीको वागवजारमा ठक्कर दिँदा उनको उपचारको क्रममा ज्यान गएको थियो ।

कंम्पनीका ऐजेन्सी म्यानेजरहरु समुन्द्र पौडेल , शिखरलाल डोटेल, मनोज राउत , शान्तराम न्यौपाने,सन्तोष श्रेष्ठ सहितको टोलीले शर्माको खहरे स्थित घरमा नै पुगेर मृत्यु दावि रकम भुक्तानी गरेका हुन् ।

२०७६ जेठ २५ गते प्रकाािशत

About The Author

Loading...

अन्य समाचारहरु: