Fri. Mar 29th, 2024

पूर्वाधारै नभएका शिक्षालय नमुना घोषित


२७ जेठ, काठमाडौँ –


सरकारले आफ्नो स्वामित्वमा भवन नभएका र पढाउने विषय यकिन नभएका तीन प्राविधिक शिक्षालयलाई नमुना घोषणा गरेको छ ।

समाचारस्रोतका अनुसार शिक्षा मन्त्रालयको दबाबमा प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् (सिटिइभीटी) ले महोत्तरीको बर्दिवासस्थित खयरमारामा निर्मल लामा प्राविधिक शिक्षालय, चितवनको माडीमा दिवाकर प्राविधिक शिक्षालय र दाङमा कृष्ण सेन प्राविधिक शिक्षालयलाई कक्षा सञ्चालन गर्न स्वीकृत दिएको हो ।

उक्त स्वीकृतिमा राजनीतिक दवाव पनि परेको स्रोतको जिकीर छ । सिटिइभीटी स्रोतले भन्यो–विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको दवावमा निर्मल लामा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दवावमा दिवाकर र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पोखरेलका सल्लाहकार जीवन गौतमको दबाबमा कृष्ण सेन प्राविधिक शिक्षालय खोलिएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

२०७६ जेठ २७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: