Thu. Mar 28th, 2024

धादिङमा पास्नीको भोज खादाँ ३० जना बिरामी, १९ जना अस्पताल भर्ना


३० जेठ, धादिङ –

धादिङको नीलकण्ठ नगरपालिका ११, ज्यामरुङ सिम्लेमा पास्नीको भोज खादाँ ३० जना बिरामी परेका छन् ।

स्थानीय रेशमा आलेको छोराको पास्नी भोज खाएलगत्तै बुधबार रातिदेखि नै बिरामी हुन थालेको स्थानीयले बताएका छन् । चिकित्सकका अनुसार बिरामीहरुमा झाडावान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ ।

भोज खाएर बिरामी भएका ३० जनामध्ये १९ जना जिल्ला अस्पतालमा उपचारमा राखिएको स्वास्थ्यकर्मी सुजन घलेले बताए ।

बिरामी परेकाहरुको बुधवार राती देखिनै स्थानीय मेडिकल, स्वास्थ्य केन्द्रमा उपचार शुरु गरिएको थियो । विहिवार दिउँसो सम्म पनि विरामी निको नभएपछि गाउँलेहरुले उपचारका लागि जिल्ला अस्पताल धादिङबेसी ल्याएका छन् ।

२०७६ जेठ ३० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: