Fri. Mar 29th, 2024

धादिङको कटुन्जेमा नवनिर्मित नमुना घर हस्तान्तरण


३ असार, धादिङ –


धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नं ५ कटुन्जेमा नवनिर्मित नमुना घर हस्तान्तरण गरिएको छ ।

मर्मत तथा पुननिर्माण परियोजना (प्राविधिक सहयोग) क्यारतासको आर्थिक सहयोग र पौरखी नेपालले निर्माण गरेको नमुना घरको एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो । लाभान्वित घरधुरि २४८ मा २३८ घरधुरिलार्इ प्राविधिक सहयोग र नमुना घर हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सिकर्मी र डकर्मी ३० दिने तालिम लिएका २१ जना लाई प्रमाणपत्र वितरण र बैदेसिक रोजगारिमा संघ संस्थाको भुमिका विषयमा भएको वक्तृत्वकला प्रथम , द्धितीय र तृतीय हुनेलाई पुरस्कार वितरण पनि गरिएको थियो। संस्थाले सिकर्मी र डकर्मी तालिम लिए पछि आफुहरुले गाउमै भुकम्पको घर बनाउन बाहिरबाट मान्छेहरु झिकाउन नपरेको र आफुहरुले रोजगार पाएकोले खुसिहुदै आगामी दिनहरुमा पनि यस्तै तालिम हरुपाया अझ अनुभव बटुल्न सकिने स्थानीय हरुले बताए ।

कार्यक्रममा बोल्दै पौरखी नेपालका केन्द्रीय अध्यक्ष मन्जु गुरुङले पौरखी नेपालले बैदेसिक रोजगाार सम्बन्धि जनचेतनामूलक काम मात्र गर्ने होइन बैरोमा समस्या मा परेकालाई उदारको लागि सहयोग गर्ने कामको साथै पुनः निर्माणको काम र महिला सशक्तीकरणको लागि आर्थिक, राजनैतिक र सामाजिक रुपमा पनि सहयोग गर्दै आएको र महिला सशक्तीकरण को लागि कस्तो सहयोगको आवश्यकता पर्छ त्यस्को लागि पहल गर्ने बताइन् ।

२०७६ असार ३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: