Fri. Mar 29th, 2024

धादिङ अस्पतालका चिकित्सकले एक वर्षदेखि पाएनन् तलब


५ असार, धादिङ –


सदरमुकाम धादिङबेसीमा रहेको जिल्ला अस्पतालमा कार्यरत करारका चिकित्सकहरुले एकवर्षदेखि तलबभत्ता पाएका छैनन् । चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म पनि मासिक रुपमा पाउनुपर्ने तलबभत्ताहरु नपाएको उनीहरुको गुनासो छ ।


तलबभत्ता नआएपछि खर्च व्यवस्थापनमा असहज भएको अस्पतालमा कार्यरत चिकित्सक सविना सिटौलाले बताइन् । तलबभत्ता नपाएको एकवर्ष भइसक्यो, दैनिक खर्च व्यवस्थापनमा समस्या परेको छ, उनले भनिन्, ‘तलव भत्ता निकासा गरिदिन भनेर अस्पताल प्रशासन, संचालक समिति, प्रदेश मन्त्रालयलाइ पटक पटक मौखिक र लिखित अनुरोध गर्दा पनि सुनुवाइ भएको छैन ।’ सेवा सुविधा नपाउनेहरुमा ३ जना डेन्टल चिकित्सक, १ जना नर्सिङ अधिकृत सहित ११ जना स्वास्थ्यकर्मीहरु रहेका छन् ।

तलबभत्ता नपाएपछि चिकित्सकहरु आन्दोलनमा उत्रने बताएका छन् । जिल्ला अस्पताल धादिङका प्रमुखलाई तत्काल तलब भत्ता निकासा गरिदिन माग गर्दै करारमा कार्यरत ११ चिकित्सकहरुले हस्ताक्षर गर्दै सामुहिक निवेदन बुझाएका छन् । आगामी ७ गते शनिबारसम्ममा गएको साउन महिनादेखिको तलव भत्ता एकमुष्ट रुपमा नपाए ८ गतेदेखिसेवा संचालनमा सहभागी नहुने कुरा निवेदनमा उल्लेख गरेका छन् । चिकित्सकका अनुसार आकस्मिक बाहेकका अरु सबै सेवाहरु बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले पनि करारका चिकित्सकहरुको तलव निकासा नहुदा समस्या उत्पन्न भएको बताए । ‘सवै चिकित्सकहरुको एघारै महिनाको वाँकी होइन, धमलाले भने, केहीको ५ महिना, केहीको ४ महिना केहीको ११ महिना नै तलव भत्ता नपाएको भइसकेको छ ।’

सरकारी छात्रबृत्तिमा पढेर सरकारी अस्पतालमै २ वर्ष सेवा गर्नुपर्ने अनिवार्य सर्तअनुसार धादिङ जिल्ला अस्पतालमा काम गरिरहेका रहेका चिकित्सकहरुले सेवा सुविधा नपाएको धमलाले बताएका छन् । सेवा सुविधा नपाउनेहरुमा ३ जना डेन्टल चिकित्सक, १ जना नर्सिङ अधिकृत सहित ११ जना स्वास्थ्यकर्मीहरु रहेका छन् ।

हाल धादिङ जिल्ला अस्पतालमा दरवन्दीमा रहेका चिकित्सक २ जना मात्रै रहेका छन् । मेडिकल सुपरिटेण्डेन्ट समेत निमित्तको भरमा चलेको २ वर्ष भइसक्दा समेत विभाग र मन्त्रालयले मेसु पठाउन सकेको छैन । दैनिक विरामी चेकजाँच गर्नुपर्ने चिकित्सकहरु प्रशासनिक काम पनि गर्नुपर्ने भएकाले थप समस्या भइरहेको छ ।

२०७६ असार ५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: