Fri. Mar 29th, 2024

पत्रकार महासंघ धादिङले सरकारलाई बुझायो हस्ताक्षर


६ असार, धादिङ –


नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले मिडिया काउन्सिल विधेयक फिर्ता लिन दबाबस्वरुप संकलन गरिएको पत्रकारहरूको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय, धादिङ मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीको नेतृत्वको टोलीले शुक्रबार प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयलाई विधेयक फिर्ता लिन दबाबस्वरुप संकलन गरिएको पत्रकारहरूको हस्ताक्षर बुझाएको हो।

महासंघ केन्द्रले सो विधेयक फिर्ताका लागि दबाब दिन असार ३, ४ र ५ गते देशभरका पत्रकारहरूको हस्ताक्षर अभियान संकलन गरेको थियो। सोही हस्ताक्षर आज देशभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री ओलीलाई बुझाइएको हो।

महासंघले सो विधेयक फिर्ता नलिएपछि आगामी असार मसान्तसम्म सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ।


२०७६ असार ६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: