Thu. Mar 28th, 2024

लोकसेवा आयोगमा आवेदनको चाङ


९ असार, काठमाडौँ–


स्थानीय तहका लागि लोकसेवा आयोगमा आवदेन दिने म्याद दुई दिन मात्र बाँकी छ ।
आयोगको अनलाइन फराम भर्ने म्याद असार १० गते समाप्त हुने भएको छ। असार १७ गतेसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिने व्यवस्था मिलाइएको छ । आयोगले एक साताअघि सो म्याद थप गरेको थियो ।

आयोगका प्रवक्ता किरणराज शर्माका अनुसार आइतबारसम्म खुलातर्फ २ लाख ८४ हजार ८ सय ६१ आवेदन फाराम भरिएको छ । त्यसै गरी समावेशीतर्फ ६९ हजार ७ सय ९७, जनजातितर्फ ३० हजार ६ सय २७, मधेसीतर्फ १८ हजार १ सय १, दलिततर्फ २ हजार २ सय ७, अपांगतातर्फ १ सय १ र पिछडिएको क्षेत्रमा ८७ को निवेदन परेको छ ।

आयोगले ५ सय २१ स्थानीय तहका लागि ९ हजार ४ सय ६१ कर्मचारी भर्नाकोे विज्ञापन निकालेको थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएलगतै फाराम भर्नेको संख्यामा कमी आएको थियो । ठूलो संख्या र लामो समयपछिको विज्ञापन भएका कारण त्यसभन्दा अझै बढी आवेदन आउन सक्ने अनुमान आयोगको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।

२०७६ असार ९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: