Fri. Mar 29th, 2024

त्रिपुरासुन्दरी गाउँपालिकाका हावाहुरी प्रभावितलाई राहत स्वरुप जस्तापाता वितरण


९ असार, धादिङ–


धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का हावाहुरी प्रभावितलाई राहत स्वरुप जस्तापाता प्रदान गरिएको छ ।

२ नम्बर वडा कार्यालयले पाँच घरपरिवारलाई जस्ता वितरण गरिएको हो । स्थानीय कृपासुर अधिकारी, केशब मान श्रेष्ठ, सुदर्शन कुमाललाई एक बण्डल, गंगा नेपाली र नबराज ईटनीलाई दुई दुई बण्डल जस्ता वितरण गरिरएको हो ।

२ नम्बरका वडा अध्यक्ष कृष्ण बहादुर खत्रीले प्रदान गरेका हुन् ।

२०७६ असार ९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: