Today: October 24, 2017

साहित्यकार पाठक र पहाडीसँग अन्तरसंवाद


७ असोज,  धादिङ –

साहित्यकार डा. नविन वन्धु पहाडी दाहालले लेखेको आमाको आगँन र युग पाठकले लेखेका माङगेना नामक साहित्यिक पुस्तकको विवेचना गरिएको छ ।

शनिबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि साहित्यकार युग पाठक र डा पहाडी दाहालसंग अन्तरसंवाद कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागीले समाजलाई सहि दिशानिर्देशन गर्ने नै साहित्य एउटा पाटो रहेको बताएका छन् । कार्यक्रमको अवसरमा विजय दशमी शुभ दिपावली तथा नेपाल संवत ११३८ को पावन अवसरमा शुभकामना आदानप्रदान गरिएको छ ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी, नीलकण्ठ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष दिपक विश्वकर्मा, विभिन्न राजनितीक दलका प्रतिनिधि, जनप्रतिनिधीहरु तथा साहित्यमा अभिरुची राख्ने व्यक्तित्वहरुले शुभकामना आदानप्रदान तथा रचना वाचन गरेका थिए ।

२०७४ असोज ७ गते प्रकाशित

Loading...

Leave a comment


ताजा अपडेट