Today: October 24, 2017

आत्महत्या गर्न सक्ने खतरालाई कसरी चिन्ने ?

रामकुमार थापा/ २४ असोज, धादिङ।

आजभोली दैनीक जसो समाचामा आउने गरेको विषय भनेको नै आत्महत्या हो । प्रत्येक दिन आत्महत्याको विषय समाचार बनेर आउने गरेको छ । गरिव देखी धनी सम्म, डाक्टर देखी सामान्य मजदुर सम्म । कुनै न कुनै तवरले उनीहरु आत्महत्या गर्छन ।

मानिसलाई सबैभन्दा प्यारो लाग्ने भनेको आफ्नै शरिर वा जीवन हो । आगलागी होस वा विनाशकारी भुकम्प अनि बाढीपहिरो यी सबै विपत्तिमा मानिस आफ्नो जीवन जोगाउनको लागी हरहमेशा कोशिस गर्ने गरेका हुन्छन । तर मानिस विभिन्न कारणले आफैलाई आफैले हत्या गर्छन । विरामी हँुदा उपचार गरेर निको हुन चाहन्छन । अर्थात मानिसहरु बाँच्न चाहन्छन । त्यसैले मानिसहरु किन आत्महत्या गर्छन ? यो गम्भिर प्रश्न हो ।

प्रियजन गुमाउदा, जागीर गुम्दा, दिर्घ रोग लाग्दा, व्यापार विग्रदा, जीवनमा अकल्नीय परिवर्तन हुदा, आघात यातना वा हिंसा र सामाजिक बहिस्कृतको कारणले मानिसहरु आत्महत्या गर्ने समेतको निर्णय लिन पुग्छन् । पछिल्लो समय बैदेशिक रोजगारको कारण पनि आत्महत्या बढ्नुको कारण बनिरहेको छ ।
आत्महत्या गर्ने धेरै जनाले भावनात्मक पिडासहन नसकेर मृत्युवरण गर्ने निर्णय गरेको देखिन्छ । भावनात्मक पिडाका कारणहरुमा पारिवारिक, आर्थिक, सामाजिक, शारीरिक र मानसिक आदि पर्छन । आत्महत्या गर्न चाहने व्यक्तिले मर्न वाहेक अन्य विकल्पहरु नदेखेकोले आत्महत्याको बाटो रोज्छन् ।
सामान्य किसिमले कुरा गर्ने हो भने मानिसहरु आफुलाई आनन्द आउने, खुसी लाग्ने र रमाइलो लाग्ने कुराहरु बारम्बार गर्न चाहन्छन । तर आफुलाई मन नपर्ने केही गर्न चाहदैनन।
आत्महत्या मानिसहरु किन गर्छन होला ? भनेर धेरै अध्ययनहरु भएका छन र आत्महत्याका धेरै कारणहरु पनि भेटिएका छन । रिस थाम्नै नसकेर पनि मानिसले अरुको ज्यान लिन पनि सक्छ र आत्महत्या गरेर आफ्नो ज्यान दिन पनि सक्छ । आत्महत्याको उच्च जोखीमका रहेका व्यक्रिहरुले जुनसुकै बेलामा पनि आफुलाई मार्न सक्छन वा अरुलाई मारेर आफु पनि मर्न सक्छन ।

धादिङमा पछिल्लो समय आत्महत्याका घटना बढ्दै गएका छन । आर्थिक वर्ष ०७३/०७४ मा ७५ जनाले आत्महत्या गरेको तथ्याङ छ । जसमा महिला ३२ जना र पुरुष ४३ जना रहेका छन ।
विष सेवन गरेर २७ जना र झुण्डिएर ४८ जनाले आत्महत्या गरेका छन । जसमा ७ जना बालबालिका रहेका छन । जिल्लामा बढीरहेको आत्महत्या न्युनीकरणको लागी सम्बन्धीत संघ–संस्था तथा सरकार गम्भिर भएर लाग्नुपर्ने देखीन्छ । जीवन देखी विरक्त मानेर वा जीवनमा आशाको बाटो नदेखेपछी मानिस आत्महत्याको बाटो रोज्ने गरेका छन् ।
आत्महत्याको उच्च जोखीममा रहेकाहरुको पहिचान गरी उनीहरुलाई परामर्श दिन सकियो भने अहिलेको आत्महत्याको दर अवश्य घट्ने छ । जिल्लामा अन्य क्षेत्रमा काम गर्ने निकै संघ–संस्था छन् तर मनोसामाजिक समस्याको क्षेत्रमा काम गर्ने संघ–संस्था भने थोरै मात्रमा रहेका छन् । जुन पर्याप्त छैन । आत्महत्या न्युनीकरणको लागी सबैभन्दा पहिला परिवारमा एकआपसमा माया र हेरचाहको आवश्यकता पर्छ ।
आत्महत्या गर्न सक्ने खतरालाई कसरी चिन्ने ?
१,आत्महत्याको सोचाई पटक–पटक आईरहनु, जीवनदेखी हरेस खानु, अब अन्तिम पटकको भेट त होला भन्नु, सपनाहरु कुनै पुरा भएनन र आफ्नो भाग्यलाई दोष देखाउनु ।
२, आत्महत्या गर्न मिल्ने साधन तथा औजाहरु घरमा राख्नु, कुनै बहुमुुल्य बस्तुहरु अरुलाई बाड्नु, छिनमै खुसि र दुखी हुनु ।
३, आत्महत्या गर्ने बारे कुराकानी गर्नु, एक पटक आत्महत्याको प्रयास गरेका व्यक्तिहरु ।
४, सामाजिक काम वा सामाजिक भेलामा नजानु वा टाढीनु ।
५, डिभोर्स वा ठुलो झगडा परेमा, एक्लै बस्ने, टोलाउने, अरुसँघ घुलमिल नगर्ने, जागीर गएको, केहि काम गर्न नखोज्नु, व्यपारमा ठुलो नोक्सान भएका व्यक्तिहरुलाई पनि शंका गर्नुपर्छ ।
६, सामाजिक सन्जालमा मृत्यु सम्बन्धी कथा,कविताहरु राख्नु वा शेयर गरेमा ।
७, अकस्मात विदा लिने वा टाढा जाने निर्णय गर्नु ।
आत्महत्याको सोचाई आउन थालेपछि नजिकको स्वास्थ्य संस्था तथा मनोपरामर्शकर्ताहरुलाई भेट्नु पर्छ । जति तपाई उक्त समस्यालाई लुकाएर राख्नुहुन्छ त्यतीनै रोग बढ्दै जान्छ । समयमै उपचार गर्ने हो भने हात्महत्याको दर घटाउन सकिन्छ ।
२०७४ असोज २४ गते प्रकाशित
लेखक रामकुमार थापा चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) धादिङमा मनोसामाजिक परामर्शकर्ताको रुपमा कार्यरत छन् ।

 

Loading...

Leave a comment


ताजा अपडेट