Today: February 23, 2019

धादिङको ससाहमा बस दुर्घटना, बस चालकको मृत्यु, १३ यात्रु घाईते

२७ माघ, धादिङ –

धादिङको सदरमुकाम धादिङवेशीबाट सिद्धलेक गाउँपालिकाको नलाङतर्फ जाँदै गरेको बस नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससाह नजिकै दुर्घटना हुँदा घाईते भएका मध्ये एक जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन ।

घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमा सोही बसका चालक सिद्धलेक गाउँपालिका वडा नम्बर २ का शिवराम सिलवाल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भिर घाईते भएका चालक सिलवालको थप उपचारका लागि काठमाण्डौं लैजांदै गर्दा बिच वाटोमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा  नीलकण्ठ नगरपालिका वडा नम्बर ३ की बर्ष ४० को अम्बिका लामिछाने, बर्ष १५ का मनोज घिमिरे, बर्ष २२ का सतिष खाति, सिद्धलेक गाँउपालिका २ का बर्ष २२ का बिनोद सुनार, बर्ष ३५ शिब सिलवाल, बर्ष २१ का दिलिप श्रेष्ठ,सिद्धलेक गाँउपालिका १ की बर्ष ४५ बर्षिया सिता भट्टराई, बर्ष २३ कि बिनिता सुनार, बर्ष १५ का भगवति गिरि, बर्ष ३८ को भरत गिरि र सुबर्ण सिंह ठकुरीका साथै नीलकण्ठ नगरपालिका २ को बर्ष ३८ की राममाया सुनार, ज्वालामुखि गाँउपालिका २ को बर्ष २० की सम्झना सामर र नाम नखुलेको एक जना गरी १४ जना घाईते भएकोमा वस चालक सिलवालको उपचारका लागि काठमाण्डौं लैजादै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गम्भिर घाईते भएका ज्वालामुखि गााँउपालिका २ की सम्झना सामरी, नीलकण्ठ नगरपालिका ३ की अम्बिका लामिछाने र नीलकण्ठ नगरपालिकाकी राममाया सुनार गरी ३ जनालाई थप उपचारको लागि काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ ।

२०७४ माघ २७ गते प्रकाशित
Displaying 1 Comments
Have Your Say
  1. […] post धादिङको ससाहमा बस दुर्घटना, बस चालकको … appeared first on Dhading […]

Leave a comment


Loading...

ताजा अपडेट