Today: March 26, 2019

बागलुङ जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४

८ फागुन, बागलुङ

जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

ध१ज ७९१ नंको जीपप छिस्तीको रापुङ्गभीरमा दुर्घटना हुँदा जनकल्याण माध्यमिक विद्यालयका लेखापाल तुलसी पुन, सोही विद्यालयमा अध्ययनरत छात्रा एलिना पुन, प्रियंका पुन र ज्योति पुनको मृत्यु भएको जैमिनी नगरपालिका–८ छिस्तिका वडासदस्य कर्णसिंह पुनले जानकारी दिए । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

घाइते धना श्रीष, विष्ना श्रीष, सङ्गम श्रीष र सम्झना पुनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कृष्ण पुन, सविना थापा, नन्दकली श्रीष, निर्मला पुन र पूजा पुनको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइहेको छ । जिपमा करीब ३० यात्रु रहेको प्रहरीचौकी बेलवगरका प्रहरी जवान शङ्कर थापा क्षेत्रीले जानकारी दिए ।

२०७५ फागुन ८गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट