Fri. Mar 29th, 2024

नुवाकोटमा बस दुर्घटना,२० जना घाईते

३० साउन,नुवाकोट

नुवाकोटमा मिनी ट्रकलाई साइड दिँदा सडकबाट बस खसेर २० जना घाइते भएका छन् ।सदरमुकाम विदुरतर्फ आउँदै गरेको ना २ ख २८०४ नम्बरको बस ढुंगेचौतारो भन्ने ठाउँमा सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

विपरीत दिशाबाट आउँदै गरेको मिनी ट्रकलाई साइड दिन लाग्दा सडकको छेउ भासिएर बस दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ७ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको र अरुको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

२०७५ साउन ३० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: