Thu. Mar 28th, 2024

धादिङको ससाहमा बस दुर्घटना, ८ जना घाइते

२६ माघ, धादिङ –

सदरमुकाम धादिङवेशीबाट नलाङतर्फ जाँदै गरेको बस नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससाहमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

बा ३ ख २७३१ नम्वरको ग्रामिण यातायात सहकारीको बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको बस चालकले अत्याधिक लापरवाही गरेर चलाएको यात्रारत यात्रीहरुले बताए ।

तीव्र गतीमा चलाएकाले पहिलेनै म्याजिक भ्यानलाइ सामान्य ठक्कर दिएर गएको बस ससाहमा पुगेर चौतारामा ठक्कर दिँदै सडक छेउको कल्भर्टजालीमा ठोकिन पुगेको थियो ।

घटनामा घाइते भएकाहरुलाइ स्थानीयहरुले तत्काल उद्धार गरि जिल्ला अस्पताल धादिङवेशीमा उपचारको लागि पठाएका थिए । घटनामा चालक पनि घाइते भएका छन् भने प्रहरी निगरानीमा उनको पनि उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रुमख राजकुमार बैदवारले जानकारी दिए ।

२०७५ माघ २६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: