Fri. Mar 29th, 2024

धादिङमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु, एक घाईते


३ फागुन, धादिङ –

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका वडा नम्वर १ एक्लेफाँटमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ । भने एकजना घाईते भएका छन् ।

सदरमुकाम धादिङबेसीबाट काठमाण्डौ तर्फ जादै गरेको बा ३ ख ८९२४ नम्बरको ग्रामीण यातायातको बसले काठमाण्डौंबाट गल्छी तर्फ आउदै गरेको बा ४२ प ५९२८ नम्बरको मोटरसाईकललाई शुक्रबार ठक्कर दिंदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाईकलमा सवार नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर १ का ३५ बर्षिय राजु श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा घाईते भएका उनको उपचारका लागि काठमाडौँ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो । गम्भीर घाईते भएका नुवाकोट विदुर नगरपालिका वडा नम्बर ५ का ३० बर्षिय आदित्य डंगोलको काठमाण्डौ स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

मोटरसाईकल र बस सिम्ले स्थित प्रहरी पोष्टको नियन्त्रणमा रहेको छ । दुर्घटना पछि फरार रहेका बस चालकको खोजी भईरहेको पनि प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।

२०७५ फागुन ३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: