Today: November 18, 2018

चितवनमा बस दुर्घटना, तीन जनाको मृत्यु


२ कात्तिक, चितवन –

चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ को जलबिरेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

काकडभित्ताबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस सोमबार राती २ः३० बजे जलविरेको मोडमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटना हुँदा सडकबाट ५० मिटर तल जलविरे खोल्सामा खसेको थियो ।

दुर्घटनामा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धmापाको मेची नगरपालिका ८ बस्ने ३५ वर्षिय उदयमान राजवंशी रहेका छन् । अन्दाजी २५ वर्षिय र ४० वर्षिय पुरुषको भने सनाखत हुन सकेको छैन । घाईते २२ जनाको भरतपुर मेडिकल कलेज र १ जनाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

२०७५ कात्तिक २ गते प्रकाािशत

Leave a comment


Loading...

ताजा अपडेट