Today: December 10, 2018

धादिङको नीलकण्ठ नगरपालिकामा बस दुर्घटना, ५ जना घाईते


२४ असोज धादिङ  –

धादिङबेसी –सल्यानटार सडकखण्ड अन्र्तगत नीलकण्ठ नगरपालिका १० भदौरेमा बुधबार बस दुर्घटना हुदाँ ५ जना घाईते भएका छन् ।

सदरमुकाम धादिङबेसीबाट आरुघाटतर्फ जाँदै गरेको ना ४ ख ५६३९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाईते भएका बसका सहचालक सिद्धलेक गाउँपालिका २ बस्ने २२ बर्षीय शिव कसाई गम्भिर घाईते भएका छन् । उनको तिग्रामा गम्भीर चोट लागेको छ ।

दुर्घटनामा भारतको गोरखपुर बस्ने ३० वर्षीय सतिस शर्मा, सिन्धुलीको दुधौली नगरपालिका बस्ने १८ वर्षीय अनिल अधिकारी, बारा बेलडाडी बस्ने ६५ वर्षीय रामदोनि महतो र सोहि स्थानका ३८ वर्षीय नन्दकिशोर महतो घाईते भएका छन् । घाईतेहरुको उपचारका लागि धादिङबेसी ल्याइदै गरेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

२०७५ असोज २४ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट