Today: December 16, 2018

ट्राफिक प्रहरीद्धारा महिलामाथी एसिड प्रहार

१० बैशाख,चितवन

चितवनमा एक ट्राफिक प्रहरीले महिलामाथी एसिड प्रहार गरेका छन् । इलाका प्रहरी कार्यालय टाँडीमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टमा कार्यरत प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले  भरतपुरमा एक महिलामाथी एसिड प्रहार गरेका हुन् ।

भरतपुर महानगरपालिको त्रिचोक नजिकै खनियाँले सोही स्थान नजिक डेरा गरी बस्ने कल्पना श्रेष्ठमाथी एसिड प्रहार गरेका थिए । घटना लगत्तै खनियाँलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए ।
एसिड लगेर प्रहार गर्नुले घटना सुनियोनित भएको प्रहरीले आशंका गरेको छ ।

एसिड प्रहारबाट घाइते भएकी श्रेष्ठको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहार, घाँटी र खुट्टा एसिडले जलेको छ । घटनामा संलग्न खनियाँलाई सोमबार ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा दर्ता गरी कारबाही अगाडी बढाउने र भोली नै उनलाई निलम्बन गरिने प्रहरी उपरीक्षक थापाले बताए । खनियाँँ र श्रेष्ठबीच चिनजान रहेको तर घटना घट्नुको एकिन कारण भने खुल्न सकेको छैन् ।

२०७५ बैशाख १० गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट