Fri. Mar 29th, 2024

धादिङमा एम्बुलेन्सको भाडादर समायोजन


२३ फागुन,  धादिङ

धादिङमा संचालित एम्बुलेन्सको भाडादरमा समायोजन गरिएको छ ।

भाडादरमा एकरुपता नभएको गुनासोपछि समायोजना गरिएको हो । जिल्ला अस्पताल व्यवस्थापन समितिले किलोमिटरका आधारमा एम्बुलेन्सको भाडादर समेत तोकेको छ ।

कच्ची सडकमा प्रतिकिलोमिटर १ सय ७५ रुपैयाँ, ग्राभेल सडकमा प्रतिकिलोमिटर १ सय ५० रुपैयाँ र पक्की सडकमा प्रतिकिलोमिटर ५० रुपैयाँ भाडादार तोकेको छ । तोकिएको भाडादार सबैले देख्नेगरि जिल्लाका प्रत्येक स्वास्थ्य संस्थामा सबैले देख्नेगरी राख्नुपर्ने समितिले जनाएको छ ।

यस्तै, धादिङबेसीदेखि १ किलोमिटर चक्रमा पर्ने स्थानका लागि २ सय भाडादर तोकिएको छ भने एम्बुलेन्स भित्र रहेको अक्सिजन ग्याँस प्रयोग गरेबापत प्रति सिलिन्डर १ सय रुपैयाँ समेत तोकिएको छ । समितिका सदस्य सचिव तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश्वर श्रेष्ठका अनुसार समितिले धादिङका विभिन्न ५३ स्थानबाट काठमाडौं, भरतपुर, पोखरा र धादिङबेसीका लागि पनि भाडादर तोकेको छ ।

२०७४ फागुन २३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: