Fri. Mar 29th, 2024

अमेरिकाद्धारा प्यालेस्टिनी शरणार्थीका सबै अनुदान बन्द

१६ भदौ, काठमाडौं –

अमेरिकाले प्यालेस्टिनी शरणार्थीको सहयोगका लागि दिँदै आएको सबै किसिमका अनुदान बन्द गर्ने भएको छ ।

युनाइटेड नेशन्स बिलिभ एन्ड वर्क्स एजेन्सीमार्फत प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्दै आएको अमेरिकाले सबैखाले अनुदान बन्द गर्ने भएको हो ।

अमेरिकी विदेश मन्त्रालयले प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्दै आएको एजेन्सी सच्याउन नमिल्ने गरी गलत काममा संलग्न भएको भन्दै सबै अनुदान बन्द गर्ने जनाएको छ ।

‘अमेरिकाको प्रशासनले होसियारीपूर्वक यो विषयको समीक्षा गरेको छ र उक्त एजेन्सीलाई कुनै पनि योगदान गर्नेछैन’, अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता हिथर नार्टले भनिन् ।

अमेरिकी निर्णयको प्रतिक्रियामा प्यालेष्टाइनले भने अमेरिकाको यो निर्णयले आफ्ना जनतामाथि ठाडो हमला भएको बताएको छ ।

बीबीसीका अनुसार प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासका प्रवक्ताले अमेरिकाको यस्तो कदमलाई प्यालेस्टिनी जनतामाथिको ठाडो हस्तक्षेप भएको प्रतिक्रिया सार्वजनिक गरेका छन् । ‘यसखाले दण्डले यो क्षेत्रमा अमेरिकाको भूमिका नरहेको तथ्यलाई बदल्न सक्नेछैन । र, अमेरिका समाधानको एउटा अंग हो भन्ने पनि देखाउनेछैन’, नवील अबु रुदिनाले रोयटर्ससँग भनेका छन् ।

२०७५ भदौ १६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: