Fri. Mar 29th, 2024

बहराइनबाट आयो ‘अनिमेष पाइलाहरु’


८ साउन,  धादिङ –

नेपाली साहित्य समाज बहराइनले बैदेशिक रोजगारको सिलशिलामा बहराइन पुगेका नेपालका ३५ जना स्रस्टाहरुको सिर्जना संकलन गरेर प्रकाशन गरेको संयुक्त साहित्यिक कृति ‘अनिमेष पाइलाहरु’ बहराइबाटै विमोचन गरिएको छ । नेपाली राजदूताबास बहराइनका का.बा. राजदूत खगराज पाण्डे र वरिष्ठ कवि चन्द्र गुरुङले संयुक्त रुपमा उक्त कृतिको विमोचन गरेका थिए ।

कृतिमा बहराइनमा रहेका स्रष्टाहरुको सिर्जना समेटिएका छन । विमोचन समारोहमा नेपाली क्लबका उपाध्यक्ष दिपक गुरुङ, समाजसेवी गम बहादुर गुरुङ र विभिन्न संघसंस्थाका पदाधिकारीहरु सहित साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा चन्द्र गुरुङ, रेशम श्रीस, भिम रसाइली, सुरेश सुबेदी, रेशम बोहोरा, डोलिन चिन्तित, बिष्णु दंगाल, असिम महत, जानुका पौडेल लगाएत करिब १ दर्जन स्रस्टाहरुले आफ्नो रचना वाचन गरेका थिए ।

परदेशमा हुने यस्ता कार्यक्रमले नेपाली भाषा साहित्यलाइ प्रबर्दन तथा सम्बद्र्धन गर्न सहयोग पुग्ने बताउंदै नेपाली राजदूताबास बहराइनका का. बा. राजदूत खगराज पाण्डेले आउँदा दिनहरुमा सहयोग तथा सहकार्यको लागि नेपाली राजदूताबास बहराइन सदैब तयार रहेको शुभेक्षा व्यक्त गरेका थिए ।

कार्यक्रममा कविता संग्रहको सम्पादन तथा कभर डिजाइनमा पुर्याएको योगदानको कदर गर्दै भिम रसाइलीलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा ‘मैले खोजेको स्वर्ग’ कविता संग्रहको लागि कवि सुन्दर गुरुङलाई समेत सम्मान गरिएको थियो ।

२०७४ साउन ८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: