Thu. Mar 28th, 2024

दुर्घटना रोक्न ‘ट्राफिक कम्युनिकेशन एप्स’


२८ माघ, परासी –

चालकबाट हुने सवारी दुर्घटनामा कमी ल्याउन नेपाल प्रहरीले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने कानूनी व्यवस्थालाई प्रविधिमार्फत सुनिश्चित गर्न यो एप्स सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

यो एप्सको माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थापन हुने प्रहरीको विश्वास छ । पहिलो चरणमा प्रदेश नं ५ अन्तर्गत पश्चिम नवलपरासीको भूमही र बाँकेको कोहलपुर, काठमाडौँको नागढुङ्गा, प्रदेश नं २ अन्तर्गत सर्लाहीको कर्मैैयाबाट एप्स सञ्चालन गरिएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताए।

उनले भने, “यसको प्रयोगबाट लामो दूरीमा चल्ने सवारीसाधनमा चालक परिवर्तन भए÷नभएको पत्ता लगाउन सकिन्छ । जसका लागि एउटा निश्चित विन्दुमा सवारी चालकको तस्वीर खिची सवारीसाधनको नम्बर, प्रस्थान तथा गन्तव्यस्थान दर्ता गरी इन्टरनेटको सर्भरमा राखिन्छ । ट्राफिक प्रहरीले चेकिङ प्वाइन्टमा जाँचको क्रममा चालकको तस्वीर र अनुहार जाँच तथा विवरणको आधारमा चालक बदली भए/नभएको सहज रुपमा पत्ता लगाउन सक्छन् ।”

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लामो दूरीको सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने प्रावधान छ । तर, पालना नहुँदा दुर्घटना बढेपछि नेपाल प्रहरीले प्रविधिमार्फत उक्त नियम पालना गराउन यो प्रविधि भित्र्याएको हो ।

नेपाल प्रहरीले शुरु गरेको ट्राफिक कम्युनिकेशन एप्सको प्रदेश नं ५ अन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आइतबार सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले उद्घाटन गर्दै एप्सको माध्यमबाट सवारी दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरे।

२०७५ माघ २८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: