Thu. Mar 28th, 2024

अरुण भ्याली हाइड्रो पावरले १० प्रतिशत लाभांश दिने

३१ भदौ,काठमाण्डौं ।

मुलुकको पहिलो निजी क्षेत्रको जलविद्युत् कम्पनी अरुणभ्याली हाइड्रो पावर लिमिटेडको आज सम्पन्न २०औँ साधारणसभाले सेयर धनीलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीको साधारणसभाले आर्थिक वर्ष २०७३÷७४ मा प्राप्त गरेको मुनाफाबाट लाभांश प्रदान गर्न लागेको कम्पनीका कार्यकारी अध्यक्ष रमेशप्रसाद न्यौपानेले जानकारी दिए ।

यस्तै साधारणसभाले कम्पनीका नयाँ सञ्चालकमा जीवनराज शाक्य, रमेशप्रसाद न्यौपाने, पूजा दाहाल न्यौपाने, विवेक तातेड र मिलन खड्कालाई सर्वसम्मतरुपमा चयन गरेको छ ।

बीस वर्ष लामो जलविद्युत्को विकासमा लागेको कम्पनीले पाँचथर याङवरक गाउँपालिकामा निर्माण भइरहेको काबेली बी–१ जलविद्युत् आयोजनाको टेलरेसको पानी उपयोग गरी १० मेगावाट क्षमताको अर्धजलाशययुक्त आयोजना निर्माण शुरु गर्न लागेको छ ।

यस्तै सोलुुखुुम्बुु जिल्लाको बुुदुुम खोलाबाट ११.८ मेगावाट क्षमताको अर्को आयोजना निर्माणका लागि अध्ययन शुरु गरेको सो अवसरमा जानकारी दिइयो ।

यस्तै काबेली बी एक नामक २५ मेगावाट क्षमताको अर्को आयोजना आगामी चैतभित्र सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी गरेको छ ।
२०७४ भदौ ३१ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: