Today: July 16, 2018

भक्तपुरमा बाढीपहिरोले तीन जनाको मृत्यु


२८ असार, भक्तपुर –

भक्तपुरमा बाढीपहिरोले तीन जनाको मृत्यु भएको छ । पहिरोले टहरा भत्काएपछि एकैघरका तीनजनाको मृत्यु भएको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

वृद्ववृद्वा र नातिनीको मृत्यु भएको श्रेष्ठले जानकारी दिए । वृद्ववृद्वाका छोराबुहारी भने नयाँ घरमा बस्ने गरेकाले सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ । मृतकको नाम ठेगान खुल्न नसकेको र केही समयपछि विस्तृत विवरण आउने प्रहरीले जानकारी दिएको छ ।
भक्तपुरका विभिन्न क्षेत्रमा डुबान भएको छ ।

मनोहरा खोलालगायत अन्य स्थानीय खोलामा समेत बाढी आएपछि स्कुल तथा बस्ती डुबानमा परेका हुन् । डुबानमा परेका करिब चार सय जनालाई प्रहरीले उद्वार गरेको छ ।  अहिले डोजरले पानी कटाउने काम गरिरहेको छ भने उद्वार कार्य जारी रहेको छ ।

२०७५ असार २८ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट