Fri. Mar 29th, 2024

बाढी पीडितलाई युवा संघ धादिङ नीलकण्ठको सहयोग


७ भदौ,  धादिङ –

युवा संघ नेपाल धादिङ निलकण्ठ नगर कमिटीले तराईका बाढी पीडितका लागि रकम संकलन गरेको छ ।

सदस्यहरु तथा अन्य व्यक्तिहरुद्धारा संकलित ३२ हजार ४ सय १५ रुपैया रकम नीलकण्ठ नगरकमिटि युवा संघ नेपालका अध्यक्ष किरण पाठकले जिल्ला कमिटि सचिव काजी श्रेष्ठलाई हस्तान्तरण गरे ।

हस्तान्तरण भएको रकम युवा संघ नेपाल केन्द्रिय अध्यक्षलाई पठाइएको युवा संघ नीलकण्ठ नगरकमिटिका सचिव सुदिप अर्यालले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका सदस्य एवम् नेकपा एमाले जिल्ला कमिटि धादिङका सदस्य कृष्ण अर्याल, युवा संघ धादिङका सचिव काजी श्रेष्ठ लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

२०७४ भदौ ७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: