Thu. Mar 28th, 2024

नीलकण्ठ नगरपालिकामा पशु बधशाला निर्माण


२५ असोज, धादिङ –

धादिङको नीलकण्ठ नगरपालिका ८ स्थित जलबिरेमा पशु बधशाला निर्माण गरिएको छ । नीलकण्ठ नगरपालिकाको स्वच्छ मासु प्रवद्र्धन कार्यक्रम अन्र्तगत पूरक अनुदान सहयोगमा बधशाला निर्माण गरिएको हो ।

निर्माण गरिएको बधशालाको बिहिबार एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी धागीरथ पाण्डेयले उद्घाटन गरे । उद्घाटन गर्दै उनले स्वच्छ र सफा मासु प्रवद्र्धनका लागि बधशाला आवश्यक रहेको बताए ।

नीलकण्ठ नगरपालिकाबाट २७ लाख अनुदान र नमल प्रेस हाउसबाट ३१ लाख ८२ हजार ५ सय ६० र थप व्यवस्थापनका लागि २५ लाख गरी कूल ८३ लाख ८२ हजार ५ सय ६० रुपैया लागतमा बधशाला निर्माण गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले जानकारी दिए ।

२०७५ असोज २५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: