Fri. Mar 29th, 2024

‘चि मुसी चि’ जोडी अलिशा र शुनिल यस्तो अबस्थामा बाटोमा भेटिए (हेर्नुस भिडियो)


३० साउन, धादिङ–

नेपाली आधुनिक र गजल गायनमा स्थापित गायक जगदिश समालको फरक शैलीको नयाँ गीत सार्वजनिक गरिएको छ ।

मङ्गलबार ‘बाडुली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा डिपी खनालको शब्द, धनु ज्ञाङमी९मगर०को सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन समावेश छ । फरक शैलीमा तयार भएको गीतको भिडियोमा सुनिल क्षेत्री र अलिशा शर्मालाई फिचरिङ गरिएको छ ।

केही हप्ता अघि मात्रै प्रदर्शनमा आएको चलचित्र ‘चि मुसी चि’ मा लिड भूमिका निर्वाह गरेका यी दुईको जोडी सो चलचित्रपछि ‘बाडुली’ गीतको भिडियो मार्फत पुनः एकसाथ देखिएका हुन । छोटो समयको भिडियोले पनि धेरै कुरा बोलेको छ । भिडियोमा मुना मदनको प्रेमलाई देखाउन खोजिएको छ ।

भिडियोमा दुई कलाकारले पाँच वटा क्यारेक्टर निर्वाह गरेका छन् । जहाँ सुनिल सुकुम्बासीदेखि डाक्टरसम्म बन्न भ्याएका छन् । सुनिलकै निर्देशनमा बनेको भिडियो आकर्षक बनेको छ । टङ्क केसीको छायाँकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=J-bRgKwzCxQ

२०७५ साउन ३० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: