Fri. Mar 29th, 2024

बार्सिलोनालाई जिताउन मेस्सी र स्वारेजको दुई–दुई गोल

८,माघ।
५९ औ मिनेटदेखि गोलको खाता खोलेको बार्सिलोनाले ८९ औं मिनेटसम्म ५ गोल ग¥र्यो । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसलाई ५–० ले हराएको छ । आइतबार राती भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनेल मेस्सी र लुइस स्वारेजले २–२ गोल गरे भने राकिटीकले १ गोल थपे ।

घरेलु मैदानमा भएको खेलको ५९ औ मिनेटसम्म बाटिसले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको थियो । तर। बेटिसले भने गोलको खाता खोल्नै सकेन । जितपछि बार्सिलोनाले २० खेलबाट ५४ अंक बनाएको छ ।

दोश्रो स्थानको २० खेलबाट ४३ अंक छ भने तेश्रो स्थानको भ्यालेन्सियाको २० खेलबाटै ४० र १ खेल कम खेलेको चौथो स्थानको रियल मड्रिडको ३५ अंक छ ।

प्रतियोगितामा सेल्टा भिगोले रियल सोसिडाडलाई २ –१ ले हराएको छ । आलाभेस र लेगानेसले भने २–२ गोलको बराबरी खेलेका छन ।
२०७४ माघ ८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: