Today: April 24, 2019

धादिङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एकजनाको मृत्यु, एक घाईते


६ चैत, धादिङ –

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ गौमती पुलनजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।

हेटौडाबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ४११४ नं.को ट्रकले बिपरित दिशाबाट आउँदै गरेको ग १३ प ८०८५ नं.को मोटरसाईकललाई मंगलबार राती ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार पोखरा महानगरपालिका वडा नं.२३ बस्ने २० वर्षीय दिपक पुन मगरको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका वडा नं.२३ बस्ने २१ वर्षीय सुरज अधिकारी घाईते भएका छन् । दुवै खुट्टामा चोट लागेका उनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

ठक्कर दिने ट्रकका चालक मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ११ का राम बहादुर गोले, ठक्कर दिने ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

२०७५ चैत ६ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट