Fri. Mar 29th, 2024

भारतको एक अस्पतालमा आगलागी, २२ जनाको मृत्यु

 india

२ कात्तिक काठकाण्डौ– भारत ओडिशाको राजधानी भुवनेश्वरमा रहेको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तिमा २२ जनाको ज्यान गएको छ । भुवनेश्वरमा रहेको सम अस्पतालमा आगलागी भएको हो । अस्पतालको डायलासिस वार्डबाट सुरु भएको आगो फैलिँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको हो ।
आगलागीका कारण अस्पतलाको आइसियु वार्डमा पनि प्रभाव परेपछि बिरामीलाई हतार हतारमा बाहिर निकालिएको थियो । आगलागीमा परि घाइते भएका तथा अस्पतालमा उपचाररत बिरामीलाई निजकैको अरु अस्पतालमा लगिएको छ ।
सातवटा दमकल र एक सय २० जना अग्निनियन्त्रकले आगो नियन्त्रणमा लिएका छन । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाले आफू दुखी भएको बताएका छन ।

About The Author

Loading...

अन्य समाचारहरु: