Thu. Mar 28th, 2024

प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री काेनाेबीच भेट

 

२६ पुस, काठमाडाैँ –

प्रधानमन्त्री केपी शर्मा ओली र जापानी विदेशमन्त्री तारो कोनोबीच बिहीबार (अाज) बिहान भेटघाट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रम ओली र विदेशमन्त्री काेनाेबीच भेटघाट भएको हो।

भेटघाटको क्रममा दुई देशको सम्बन्धका विषयमा छलफल भएको थियो। आजै कोनोको जन्मदिन परेकाले ओलीले उनललाई जन्मदिनको शुभकामनासमेत दिएका छन्। त्यस्तै काेनाेले नेपाल सरकारसँग निरन्तर सहयोग र सहकार्य गर्न जापान तयार रहेको बताए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत मंसिर १ देखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गरेका थिए। मन्त्री ज्ञवालीकै निमन्त्रणमा जापानी विदेशमन्त्री कोनो नेपाल आएका हुन्। नेपाल आएका बेला उनले दुई देशबीच हवाईसेवा सम्झौता संशोधनपत्रमा हस्ताक्षरसमेत गरेका छन्।  संशोधनपत्रमा हस्ताक्षर भएसँगै अब नेपाल वायुसेवा निगमका जहाजले सीधै जापान उडान गर्न पाउने भएका छन्।

निगमको सीधा उडानले जापानी पर्यटक आगमनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ। सम्झौतापछि वायुसेवा निगमको प्रत्यक्ष उडान छिटोभन्दा छिटो सञ्चालन होस् भन्ने आफ्नो चाहना रहेको जापानी विदेशमन्त्री तारो कोनोले बताए। उनले त्यसका लागि नेपाल सरकारसँग निरन्तर सहयोग र सहकार्य गर्न जापान तयार रहेको बताए। कानाेले अाजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ।

२०७५ पुस २६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: