Fri. Mar 29th, 2024

मेक्सिकोमा शक्तिशाली भूकम्प

४ असोज, काठमाडौं ।

मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १३० जनाको मृत्यु भएको छ । ७.१ रेक्टर स्केलको भूकम्पले राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ ।
राजधानीमै दजनौं घरहरु भत्किएका छन । अहिले खोजी तथा उद्दार कार्य जारी छ । स्कुलका भत्किएका भवनहरुमा बालबालिका फसेको आशंका गरिएको अधिकारीहरुले बताएका छन ।
मंगलबार त्यस्तो समयमा भूकम्प गयो, जतिबेला मेक्सिको सिटीमा मानिसहरु भूकम्प आएको समयमा कसरी उद्दार गर्ने भनेर अभ्यास गरिरहेका थिए ।
मेक्सिकोमा ३२ वर्षअघि विनाशकारी भूकम्प गएको थियो, जसमा १० हजार मानिसले ज्यान गुमाएका थिए ।
मंगलबारको भूकम्पको केन्द्र पुएब्ला प्रान्तको एन्टेसिगो नजिकै थियो । यो इलाका मेक्सिको सिटीबाट १२० किलोमिटरको दुरीमा छ ।
राष्ट्रपति एनरिक पेना निएटोले मानिसहरुलाई सडकमा नबस्न आग्रह गरेका छन् ताकि उद्दार कार्य प्रभावित नहोस् ।
२०७४ असोज ४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: