Fri. Mar 29th, 2024

विवेकशील साझाको दशै तिहार विशेष कार्यक्रम

२६ असोज, धादिङ-

विवेकशील साझा पार्टीले धादिङको जिल्ला भेला तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

गएको संघिय तथा प्रदेशसभा निर्वाचन पछि पहिलोपटक धादिङ जिल्लामा भेलाको आयोजना गरि निर्वाचन समिक्षा गरेको तथा नजिकिदै गरेको नेपालीहरुको ठुलो पर्वहरु दशै तिहार छठ तथा नेपाल सम्वतको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको विवेकशील साझा पार्टी धादिङले जानकारी दिएकाे छ ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै विवेकशील साझा पार्टीका उत्प्रेरक तथा प्रतिनिधि सभाका उम्मेद्वार दिपेश थापाले धादिङ जिल्लाबाट १६ सय भन्दा बढी मत विवेकशीलको नाममा प्रदान गरि ३ नं प्रदेशको तेस्रो ठुलो दल बन्न सहयोग गरेको प्रति धन्यवाद ब्यक्त गरे ।

सदरमुकाम धादिङबेशीको एक होटलमा गरिएको कार्यक्रम पश्चात विबेकशील साझा पार्टीको टोलीले धादिङवेशीमाा सवै बजारक्षेत्र र टोल टोलमाा पुगेर माइकिङ गरि नगरबासीहरुलाइ दशै तिहार छठ पर्वको शुभकामना ब्यक्त गरेका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: