Thu. Mar 28th, 2024

विचौलीयाको मुनाफाका कारण धादिङका तरकारी उत्पादक किसान मर्कामा


सृजना लंम्साल / २३ भदौ, धादिङ –

बजारमा तरकारीको भाउ छोइ नसक्नु छ । बजार भाउ आकाशिएपनि किसानले कम मूल्यमा नै उत्पादित तरकारी बेच्नु परेको छ भने उपभोक्ताले चर्को मूल्य तिरेर तरकारी किन्नुपर्ने बाध्यता छ ।

बजारमा उपभोक्तहरुले तिरेको मुल्यको पचास प्रतिशत मुल्य मात्र सोझै तरकारी उत्पादक किसानहरुले पाउने हो भने किसानको आम्दानी तिन गुणाले बढ्ने किसानहरुको भनाई छ ।

तरकारी उत्पादक किसान, खुद्रा तरकारी विक्रैता र उपभोक्ताबीच गरिएको एक सर्वोक्षणमा उपभोक्ताहरुले तिरेको मुल्यको झण्डै तिन गुणा कम मुल्य तरकारी उत्पादक किसानहरुले पाउने गरेकोे छ । बजारमा उपभोक्ताहरुले ८० रुपैया प्रतिकिलोमा किन्ने गरेको तरकारीको मुल्य किसानहरुले पाउदा मुस्किलले प्रति किलो विसदेखी २५ रुपैया पाउने गरेको छ ।

जसका कारण तरकारी खेती गर्ने किसानहरुको भन्दा तरकारीलाई उपभोक्ताहरु माझ बिक्रीका लागि लग्ने विचौलीयाले अत्याधिक मुनाफा कमाउने गरेको पाईएको छ । विचौलीयाका कारण तरकारी उत्पादक किसान र उपभोक्ता दुवै ठगिएका छन् । धादिङवेशीमा नियमित रुपमा तरकारी व्यापार गर्दै आएकी गंगा लम्साल भन्छिन् – “विचौलीयाका कारण तरकारी उत्पादक किसानहरुले हरेक मौसममा राम्रो मुनाफा कमाउनु त परै जाओस् तरकारी खेतीमा गरेको लगानी समेत उठ्न मुस्किल छ , वर्षभरी उत्पादन ग¥यो वजार भाउ छैन विउको मुल्य उठ्न पनि धउ धउ हुन्छ । ”

त्यस्तै धादिङवेशी नियमित रुपमा तरकारी व्यापारको लागि आउने नलाङको हरि सिलवाल वताउछन्, ३ वजे देखी डोकोमा तरकारी लिएर ३ घण्टा हिडेर वजार आयो घरमा छोरछोरीलाई कापी कलम पनि मुस्किलले पु¥याउनुपर्छ ,सरकारले किसानहरुले उत्पादन गरेको तरकारी लगाएत अन्य कृषी जन्य बस्तुहरुको बजार ब्यवस्था नगरी दिएको कारण यस्तो अबस्था आएको उनले दुख पोखे ।

यसै गरी किसानले उत्पादन गरेको तरकारी जन्य बस्तुहरुको बजार ब्यवस्था गरिदिएको खण्डमा किसानहरुलाई सहज हुने र युवा पुस्ता समेत ब्यवसायीक कृषीतर्फ आर्कर्षित हुने भनाई तरकारी उत्पादक किसानहरुको रहेको छ । सरकारले बजार मुल्यमा एकरुपता र विना विचौलीया सोझै किसानले तरकारी विक्री गर्न पाउने हो भने यो आम्दानीमा झण्डै दोब्बर हुनेछ ।

२०७४ भदौ २३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: