Thu. Mar 28th, 2024

चाडबाड आउदा विदेशमा बेपत्ता भएकाहरुको परिवारमा रुवाबासी

रामकुमार थापा/४ असोज, धादिङ –

फागुन – “ डाक्टरले धेरै नरुनु भनेको छ । तर आँसुआईरहन्छ, नरोएको दिन छैन, निन्द्रा पनि लाग्दैन छोराकोमात्र याद आउछ ।”धादिङको निलकण्ठ ९ की खिन कुमारी लम्सालले यसो भन्दै गर्दा मलेसियामा हराएका छोराको पीडाले उनीको गला रोकीयो । परिवारको जेठो छोरा कृष्ण प्रसाद लम्साल १२ बर्षदेखी मलेसियामा बेपत्ता छन् ।
खिन कुमारी लम्सालले छेउमा बसेकी (बेपत्ता भएको छोराको छोरी) नातिनीलाई सुम्सुम्याउँदै काखमा सारीन् । छोरा हराएको पीडा उनीको अनुहारमा सहजै पढ्न सकिन्थ्यो । परिवारको आर्थिक अवस्था सुधार्ने, अभाव टार्ने र बालबच्चाको भविश्य सुन्दर बनाउने सपना देखाएर कृष्ण प्रसाद लम्साल परदेशीएका थिए । तर अब त ती सपना पुरा गराउलान् भनेका मान्छे नै हराए ।

२०६२ सालमा बैदेशिक रोजगारका लागी मलेसीया गएका कृष्ण प्रसाद लम्साल अहिले सम्म घर फर्केका छैनन् ।अहिले पहिलाको जस्तो मोबाईल फोन थिएन, दिनभरी लाईन बसेर दुरसन्चार कार्यलय धादिङबेशीमा २÷४मिनेट बाहेक धोको फेरेर छोरा सँग कुरा नगरेको १२ बर्ष भईसक्यो ।
खिन कुमारी लम्सालले भनिन्,छोरा बेपत्ता भएपछि मनमा खुसि कहिल्यै पनि छैन। सधै छोराको यादले मात्र सताउने गर्छ । चाडबाड किन आएको होला जस्तो लाग्छ ।

छोरोको मुख मात्र देख्न पाएपनि यो छाती नाङ्लो जत्रो हुन्छ,सबैको छोरा विदेशबाट आउछन् तर आफ्नो छोराको केहिखबर छैन । यति भनिसक्दा डाको छाडेर रोईन । छोरासँग फोनमा कुरा हुँदा भनेको कुरा सम्झदै उनले भनिन्, आमा पीर चिन्ता नलिनु, म चाडैँ फर्कन्छु तर विदेश गएको १२ बर्ष भइसक्यो तर अहिले सम्म उनी फर्केनन् । बालबच्चा हुर्किंदै गएका छन् । घरको खर्च बढ्दो छ । खिनकुमारी चिन्ताले झन्झन् कमजोर बन्दै गएकी छन् ।

उनी मात्र हैनन् बुहारी र दुई छोरीहरुको अवस्था पनि यस्तै छ । टहरामा अढेस लागेकी खिनकुमारी निरास मुद्रामा थकित देखिन्थिन् ।यी वेदना सुनाइरहँदा उनका आँखाले आँसु थाम्न सकेनन् । तर उनको पीडा सुनाइसक्नु भएको थिएन ।‘आफ्नै यो हालत छ, यी नातीनीहरुले बाबुको माया पाएनन्, न त सहयोग नै । बुबाको पनि पीडा उस्तै छ ।’

खिनकुमारी लम्साल छोरो जसरी भएपनि छोरो बोलाइद्यायो भन्छिन् । तर कहाँ कसरी बोलाउने परिवारलाई पनि थाहा छैन । कृष्ण प्रसाद लम्सालको खोजीगरिदिन धादिङको सूचता तथा परामर्श केन्द्र धादिङमा निवेदन दिएकी छिन् । तर उनको कुनै कागजात छैनन् । उनले काम गर्ने कम्पनीको बारेमा समेत परिवारलाई जानकारी छैन ।
२०७४ असोज ४ गते प्रकाशित

 

About The Author

Loading...

अन्य समाचारहरु: