Fri. Mar 29th, 2024

३० वर्ष निशुल्क विद्युत दिन स्थानीयको माग, निर्माण कम्पनी असहमत

१५ मंसिर, धादिङ-
हेवाँखोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका स्थानीयले ३० वर्षसम्म निशुल्क विद्युत र खानेपानीको माग गरेपछि निर्माण कम्पनी पाँचथर पावर कम्पनीले असहमति जनाएको छ ।

पाँचथरको याङनाम र भारपाको सीमा हुँदै बग्ने हेवाँखोलामा निर्माण सम्पन्न भएको आयोजनाको निर्माण कम्पनीले स्थानीयले अचम्मित हुने खालका मागहरु राखेको भन्दै सम्बोधन गर्न असहमति जनाएको हो ।

कम्पनीका सञ्चालक तथा पूर्व सांसद वसन्तकुमार नेम्बाङले प्रभावित क्षेत्रमा विद्युतिकरणका लागि आवश्यक पोल र तार दिन सकिने तर ३० वर्षसम्म निशुल्क विद्युत दिन नसकिने बताए । यससँगै आयोजना प्रभावित क्षेत्रमा खानेपानीको लागि पाइप,सडक निर्माण र विद्यालयलाई कम्फ्युटर दिन सकिने बताएका छन् ।

प्रभावित क्षेत्रमध्ये बडहरेका स्थानीयले भने जसरी भएपनि मागहरुलाई सम्बोधन गर्न दवाव दिँदै आएका छन् । सम्बोधन नगरिए कम्पनीको काममा अवरोध पु¥याउने चेतावनी दिएका छन् । कम्पनीले आयोजनाबाट १४ दशमलव ९ मेगावाट विद्युत उत्पादन गरेको छ । तर केन्द्रिय प्रसारण लाइनमा भने जडान गर्न बाँकी नै छ ।

२०७३ मंसिर १५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: