Today: June 21, 2018

विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित


२९ फागुन, काठमाडौं –

राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएकी छन् । उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएकी हुन् । मंगलबार भएको मतदानमा २९ हजार २ सय ७५ मतभार सहित भण्डारी विजयी भएकी हुन् ।

उनकी प्रतिद्वन्दी कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मत पाइन् । चुनावमा संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ सदस्य गरी ८ सय ८० जना मतदाता रहेकोमा १८ जना अनुपस्थित थिए ।

जम्मा ५२ हजार ५ सय मतभार कायम रहेको चुनावमा २६ हजार २ सय ५१ मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुनेमा भण्डारीले २९ हजार २ सय ७५ मतभार प्राप्तगरेकी छन् ।

संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको थियो ।

भण्डारीलाई एमाले, माओवादी केन्द्र र मधेश केन्द्रीत दलको समर्थन रहेको थियो । नयाँ शक्ति नेपाल र विवेकशील साझा पार्टी भने चुनावमा सहभागी भएनन् ।

२०७४ फागुन २९ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट