Thu. Mar 28th, 2024

धादिङमा विद्युत् चुहावट गर्नेलाई कारबाही

२२ असार, धादिङ —

 

नेपाल विद्युत् प्राधिकरण धादिङले विद्युत् चुहावट गर्नेलाई कारबाही सुरु गरेको छ । जिल्लामा वर्षौंदेखि बिजुली प्रयोग गरेर महसुल नतिर्ने, लाइन काटेको ५ महिनासम्म महसुल नतिर्ने र बिजुली चोरी गर्ने ग्राहकबाट करोडौं रकम असुलेको छ ।

महसुल नतिरेर काटेका ५ सय ९६ ग्राहकबाट प्राधिकरणले १ करोड ४१ लाख १७ हजार ७ सय ९ रुपैयाँ असुल गरेको छ । त्यसैगरी, कालोसूचीका ३१ जनाबाट १९ लाख ८७ हजार ९ सय ३३ रुपैयाँ असुलेको छ । प्रााधिकरणले बिजुली चोरेर प्रयोग गरेका उद्योगबाट ६ लाख ६५ हजार ५ सय ४८ रुपैयाँ जरिवाना असुलेको छ ।

सबैभन्दा बढी बिजुली चोरी गर्नेमा गजुरीको त्रिशक्ति एक्जिम एन्ड इन्डस्ट्रिजले ८ लाख ३४ हजार ७ सय ९३ रुपैयाँ र अमलेश्वर सेन्डवास प्रालिले ४ लाख ३५ हजार, धार्केको लक्ष्मी रोडा ढुंगा उद्योगले १ लाख ७५ हजार रुपैयाँ रकमको चोरीको बिजुली प्रयोग गरेका थिए ।

मिटरबक्सबिना बिजुली बल्ने बेनीघाट रोराङ–४ हटवाल डाँडाका ७० ग्राहकको लाइन पनि काटिएको छ । उनीहरूले विगत २ वर्षदेखि बत्ती प्रयोग गर्दै आइरहेका थिए । जिल्लामा खपत हुने कुल विद्युत् क्षमतामध्ये धुनीबेंसी नगरपालिकामा मात्रै आधा खपत हुने गरेको छ ।

जिल्लाका गार्हस्थ र औद्योगिक प्रयोग गर्ने कुल ४६ हजार ५ सय ८ जना ग्राहकले बुझाउने मासिक साढे ४ करोड रकममध्ये आधा महसुल धुनीबेंसीको धार्केस्थित ग्राहक सेवा केन्द्रमा संकलन हुने गरेको छ । संकलन केन्द्रमा जम्मा ९ हजार ६ सय नियमित ग्राहक रहेको जिल्लास्थित नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । जिल्लाले दैनिक १२ मेगावाट बिजुली खपत हुने गरेको छ ।

२०७५ असार २२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: