Today: February 23, 2019

रुसका दुई लडाकू विमान दुर्घटना


५ माघ, काठमाडौँ –

रुसी हवाई बलको दुई ओटा लडाकू विमान एक आपसमा ठक्कर खाएका छन् । प्रशिक्षणमा रहेका ती विमानहरु देशको सुदूरपूर्वमा शुक्रबार उडाइएको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार दुर्घटना भएका विमानहरु जापानी समुद्रमाथि जुधेका हुन् । स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजेर ७ मिनेट जाँदा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

ठक्कर खाएका विमानहरु गोला बारुद विना थिए भने उनीहरुलाई सुरक्षित अवतरण गरिएको छ । एनएन– १२ र टु मि–८ नामका हेलिकोप्टरले अवतरण गरेको ठाउँबाट विमान चालकहरुको उद्धारका लागि खोजी गरिरहेको छ ।

२०७५ माघ ५ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट