Today: October 24, 2017

नेपालमै पहिलोपटक ‘आइरिस रेकोग्नेसन सिस्टम’ सुरु

२६ असोज, काठमाडौं ।

नेपालमै पहिलोपटक वैदेशिक रोजगार विभागले सरकारी सेवामा ‘आइरिस रेकोग्नेसन सिस्टम’ सुरु गरेको छ ।

विशेष मेसिनमार्फत आँखाको नानीको बाहिरी भागका आधारमा व्यक्तिको पहिचान प्रमाणित गर्ने विद्युतीय सिस्टमलाई श्रम स्वीकृति दिँदा प्रयोग गर्न थालिएको हो ।

सरकारले अझैसम्म नागरिकको बायोमेट्रिक डाटाको सुरक्षासम्बन्धी कानुन बनाएको छैन । तर, सरकारी तवरबाटै आँखाको बायोमेट्रिक लिने काम सुरु भएको छ ।

पहिलो चरणमा व्यक्तिगत श्रम स्वीकृति लिनेहरुको आँखाको बायोमेट्रिक लिन थालिएको हो । अनलाइन श्रम स्वीकृतिको एक पक्षका रुपमा यो सिस्टमलाई राखिएको छ ।

औंठाछापमार्फत लिएको बायोमेट्रिकमा विभिन्न समस्या आएपछि ‘आइरिस रेकोग्नेसन सिस्टम’ सुरु गरिएको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।

२०७४ असोज २६ गते प्रकाशित

Loading...

Leave a comment


ताजा अपडेट