Today: November 18, 2018

किराको प्रकोप नियन्त्रण गर्न धानबालीमा विषादी


१० कात्तिक, धादिङ –

धादिङको थाक्रे गाउँपालिका ११ मा किसानहरुले लगाएको धानबालीमा किराको प्रकोप देखेपछि गाउँपालिकाले विषादी वितरण गरेको छ । प्रकोप फैलिएको क्षेत्रमा विषादी छर्केपछि प्रकोप कम भएको प्राविधिकले बताएको छ ।

थाक्रे गाउँपालिका ११, को वालुवाफाँट, वरुवालटार, मान्खुटार लगायतका क्षेत्रमा लगाइएको ७० रोपनी भन्दा बढी धानबालीमा प्रकोप देखिएको पछि वडा अध्यक्ष, प्राविधिक लगायतको निरीक्षणपछि चुसाहा प्रकृतिको किराको प्रकोप देखिएको थियो । चुसाहा प्रकृतिको किराले धानको डाठ र फलमा चुस्ने र रस चुसेर पराल नै बनाइदिएको थियो । पाक्ने बेला धान अहिले पहेँलै भएर ढलेपछि प्रकोप देखिएका धानबालीमा विषादी छर्किएको थियो ।

सम्भावित प्रकोप रोक्नका लागि डेल्टामेथिन र ट्राइजोफोस साकाल नामक विषादी, बोसिन भन्न किटनाषक औषधी र फ्लोरिक एसिडयुक्त भिटामिन फ्लावरबुस्ट ६० जना किसानलाई वितरण गरिएको थियो । अहिले नियन्त्रण भएको थाक्रे गाउँपालिकाका प्राविधिक सहायक राजेन्द्र रुपाखेतीले बताए ।

२०७५ कात्तिक १० गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट