Fri. Mar 29th, 2024

भारतीय मिडियाले लेख्यो,चिनीयाँ आउट भारतीय इन

३० कार्तिक, काठमाण्डौ ।
१२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना चिनीयाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको भारतीय मिडियाहरुले लेखेका छन ।

टाइम्स अफ इन्डियाले भारतको सरकारी कम्पनी एनएचपिसीलाई दिनको लागि चीनको गेजुवा ग्रुप अफ कर्पोरेसन (सिजिजिसी) लाई दिने समझदारी रद्ध गरेको दाबी गरेको छ ।

त्यहाँ लेखिएको समाचारमा सिजिजिसीलाई आउट गरेर भारतीय सरकारी कम्पनीलाई इन गराउने तयारी स्वरुप सम्झौता रद्ध पारिएको उल्लेख छ ।

त्यसबेला लाइसेन्स दिने र अहिलेके खारेजी दुवै निर्णयमा भारत र चीनबीच दक्षिण एसियामा को हाबी हुने भन्ने प्रतिस्पर्धा मुख्य कारक रहेको समाचारमा उल्लेख छ ।

नागरिक दैनिकबाट ।
२०७४ कार्तिक ३० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: